Skip to content
Home » NOTICE

NOTICE

खाने पानी लाईन मर्मत श्रमदानमा जुट्ने सम्बन्धि सूचना

जालपा मा.वि. जालपाको कुवापानी मुहानबाट आउने पाइप लाइन बिग्रेको हुँदा विद्यालयमा खानेपानीको आसन्न समस्यालाई ध्यानमा राखि अविलम्ब मर्मत गर्नुपर्ने विव्यसको मिति २०८२ माघ २२ गतेको निर्णयानुसार यहि फागुन ७ गतेका दिन पाइपलाइन खन्न आवश्यक सामग्रीहरू कुटो, गैंती, कोदालो, झम्पल वा बेल्चा लिई १० बजे नै लमर्खुमा भेला भइदिनहुन र आफ्ना छिमेकीलाई समेत जानकारी गराउनहुन सम्पूर्ण अभिभावकहरुलाई अनुरोधसाथ जानकारी गराइन्छ । थप जानकारीका लागि विव्यस अध्यक्ष सार्जन राई, 9763444390, शिअसंघ अध्यक्ष खड्गबहादुर श्रेष्ठ 9762996253, सहायक प्रअ पर्शुराम राई 9860972646 मा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद

अभिभावक भेला सम्बन्धि सूचना

कक्षा ८ र १० को सिकाइ अवस्था सुधार तथा विविध विषयमा छलफल तथा निर्णय गर्नुपर्ने भएकोले यहि मिति २०८२ साल माघ २५ गते विहान ११ बजे विद्यालयमा अनिवार्य भेला भइदिनहुन कक्षा ८ र १० का सम्पूर्ण अभिभावकलाई सूचित गरिन्छ ।

पुस्तकालय भवन उद्घाटन कार्यक्रमको सुचना

श्री जालपा माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन कार्यक्रम कोशी प्रदेश सामाजिक विकास मन्त्री श्री पाँच कर्ण राईको प्रमुख आतिथ्यतामा यहि भदौ ७ गते शनिवारका दिन गर्ने भनिएको कार्यक्रम प्रमुख अतिथीको कार्य व्यस्तताका कारण भदौ १० गते हरितालिका तीजक…

Read More
अभिभावक भेलाको जरुरी सूचना

विद्यार्थीहरुको पठनपाठन सम्बन्धि अति जरुरी छलफल गर्नुपर्ने भएकोले यही भदौ २३ देखि २६ सम्म निम्न तालिका अनुसार अभिभावक भेला राखिएकोले श्री जालपा मा.वि. जालपामा अध्ययनरत विद्यार्थी नानीहरुका अभिभावक तथा संरक्षकहरुले निम्न मिति र समयमा श्री जालपा मा.वि.…

Read More
आन्तरिक छात्रवृत्ति पाउने विद्यार्थी विवरण

विद्यालयमा अध्ययनरत जेहन्दार तथा सहयोग अपेक्षार्थी विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुर्याउने साथै विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धि उच्च गराउने उद्द्श्यले विद्यालयका लागि विभिन्न समाजसेवी शिक्षाप्रेमी अभिभावकहरु आफन्तका नाममा स्थापना गरिदिनु भएक…

Read More
६३औं वार्षिक उत्सवमा सहभागिताका लागि अनुरोध

श्री जालपा मा.वि. जालपाको ६३औं वार्षिक उत्सव यही फागुन २४ गते मेयर तिर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेकोले सम्पूर्ण आमन्त्रित अतिथि, अभिभावक तथा जनसमुदायलाई जालपा मा.वि. जालपा बजारमा उपस्थित भइदिनहुन अनुरोध छ । साथमा विभिन्न प्रतिभ…

Read More
Website updated

We’re thrilled to announce that the Shree Jalapa Secondary School website is undergoing a makeover to bring you an even more enriching and user-friendly experience. Stay tuned for the latest updates, important announcements, and a fresh look th…

Read More

राष्ट्रिय बालदिवस मनाउने सम्बन्धि सूचना

सेप्टेम्बर १४ (भाद्र २९) लाई नेपालमा राष्ट्रिय बालदिवसको रुपमा मनाइन्छ । १९९० सेप्टेम्बर १४ का दिन संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धि महासन्धिमा हस्ताक्षर र अनुमोदन गरेको हो । उक्त दिनलाई स्मरण गरी भदौ २९ गतेलाई वि.सं. २०६३ सालदेखि राष्ट्रिय बाल दिवसको रुपमा मनाउन थालेको हो ।

रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिका कालागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियो । यसै आशय बाट प्रेरित भई वहाँले आफ्नो जन्म दिन भाद्र ४ मा राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएको थियो । विसं २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो ।

भाद्र २९ गतेको बाल दिवस
क्रमशः नेपालमा शासन पद्धति र शासकीय व्यवस्थाको परिवर्तन सँगै बाल दिवस मनाउने मिति पनि परिवर्तन भयो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।

बाल अधिकार भनेको के हो ?
बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।

बाल अधिकार महासन्धि:
बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।

यसैले ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा जालपास्थित जालपा मा.वि. कोपिला बाल मञ्च र ज्योति मा.वि. ज्योति बालमञ्चको संयुक्त आयोजनामा भदौ २७, २८ र २९ गतेका दिन विविध खेलकुद तथा मनोरञ्जनात्मक-रचनात्मक कार्यक्रमका साथ मनाउन लागेकोले सबैको उपस्थितिको लागि अनुरोध गरिन्छ । कार्यक्रमको सूचि प्रकाशोन्मुख …..

शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान