Skip to content
Home » News » पुस्तकालय भवन उद्घाटन कार्यक्रमको सुचना

पुस्तकालय भवन उद्घाटन कार्यक्रमको सुचना

  • by

श्री जालपा माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन कार्यक्रम कोशी प्रदेश सामाजिक विकास मन्त्री श्री पाँच कर्ण राईको प्रमुख आतिथ्यतामा यहि भदौ ७ गते शनिवारका दिन गर्ने भनिएको कार्यक्रम प्रमुख अतिथीको कार्य व्यस्तताका कारण भदौ १० गते हरितालिका तीजको दिन हुन गइरहेको कुरा सबैमा सूचित गरिन्छ । १ महिने भिलबल प्रशिक्षण कार्यक्रमको समेत यसै साथ उद्घाटन हुने सो कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व प्रतिनिधि सभा सदस्य माननीय टंक राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई समेतको उपस्ठिति रहेनेछ । उद्घाटन कार्यक्रममा नानीहरुको नृत्य थप आकर्षणको रुपमा राखिएको छ । जालपा स्थित सम्पूर्ण राजनैतिक दल तथा संघ संस्ठाहरुको सहभागिता रहने सो कार्यक्रमका दिन सबै अभिभावक, शिक्षाप्रेमी तथा समाजसेवी सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाख र जालपा मावि जालपाको २ लाख ३७ हजार श्रमदानमा यो ३ कोठे इपीएस प्यानलको भवन भूकम्प ब्लकको तेश्रो तलामा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *