Skip to content
Home » News » ‍‍ऐतिहासिक उपलब्धि

‍‍ऐतिहासिक उपलब्धि

  • by

जालपा मा.वि. दिरुम नगरपालिका १२ जालपाले तेश्रो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फको भिलबल प्रतियोगितामा स्वर्णपदक हात पारेको छ । यो इतिहासमै पहिलो सफलता रहेको कुरा खेल शिक्षक बमबहादुर राईले बताउनु भयो । ट्रयाक एण्ड फिल्ड तर्फ कक्षा ९ कि युनिसा राईले ज्याभ्लिन थ्रोतर्फ स्वर्ण र लङ्जम्प र ट्रिपलजम्पतर्फ कक्षा १० का सञ्जिव राईले क्रमश: रजत र कास्य पदक हात पार्न सफल भएका छन् । विद्यालयले अनुशासित विद्यालयको रुपमा सम्मानपत्र र ट्रफी समेत प्राप्त गरेको छ ।

यसै गरी यहि माघ १६ गते शहिद दिवसको अवसरमा नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय गायन प्रतियोगितामा श्री जालपा मा.वि. जालपा गायनतर्फ प्रथम भएको छ । विद्यार्थी आफैंले मादल, गीटार, हार्मोनियम र बाँसुरी बजाएर गाइएको रुपाकोटको सेरोफेरो बोलको गीत लोकलयमा विद्यालयका प्रअ दिल बराले रचना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *