श्री जालपा मा.वि. जालपको पुस्तकालय भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकार कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट आ. व. २०८१/८२ मा विनियोजित रु. २० लाख र विद्बयालयको श्रोत साझेदारीबाट समेत गरी जम्मा रु. १ लाख ८८ हजार चारसय पचास गरी कूल २१ लाख ८८ हजार चारसय पचास रुपैयाँमा निर्माण सम्पन्न भएको हो । ७२ सालको भूकम्प पछि बनेको २ तले चारकोठे भवनको टपमा हल्का प्यानल सामग्रीको प्रयोग गरी ३ कोठे भवन तयार गरिएको हो । यी नयाँ कोठाहरुमा पुस्तकालय र कम्प्यूटर ल्याबको रुपमा प्रयोग गर्ने योजना रहेको छ ।