श्री जालपा मा.वि. जालपाले भदौ २३ गतेदेखि अभिभावक भेला र भेटघाट गर्दै आएको छ । २६ गतेसम्म चल्ने सो भेलामा क्रमश: कक्षा नर्सरी देखि १० सम्म दिनमा ३ वटा कक्षाका अभिभावकहरुलाई बोलाइएको छ । २३ र २४ गते कक्षा नर्सरी देखि कक्षा ४ सम्मका अभिभावक र कक्षा शिक्षक बसी सम्बन्धित बालबालिकाको पठनपाठन र व्यवहारिक विकास र समस्यामा छलफल गरिएको छ । भेलामा विद्यालयका प्रअ दिलबहादुर राई, सप्रअ पर्शुराम राई र विव्यस अध्यक्ष धर्मराज राईले बालबालिकाको शिक्षा तथा बिकासमा अभिभावक र विद्यालयले खेल्नुपर्ने भूमिकाको बारेमा अभिमत राखेका थिए । भेलामा ३३ प्रतिशतमात्र अभिभावक उपस्थित हुनुले अझ सम्बन्ध विकासको प्रयास बढाउनुपर्ने महसुस भएको छ ।